२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

माओवादी केन्द्र, सिद्धिचरण नगर कमिटीकाे अध्यक्षमा रुपेश शाक्य

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (माओवादी केन्द्र) सिद्धिचरण नगर कमिटी ओखलढुंगाको प्रथम सम्मेलनले रुपेश शाक्यकाे अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी चयन गरेकाे छ । बुधबार जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे सम्मेलनबाट  शाक्य अध्यक्ष चयन भएका हुन् ।
    नेकपा कालीन कमिटीमा उनी नगर कमिटीकाे सह ईञ्चार्जकाे भूमिकामा थिए भने २०७४ काे स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका नगरपालिकामा मेयरका उम्मेदवार थिए ।
    नगर कमिटिकाे उपाध्यक्षमा चन्द्रिका फुयाल, पासाङ शेर्पा, टोकल श्रेष्ठ चयन भएका छन् । सचिवमा बसन्त कट्वाल, सह सचिव सन्त बहादुर मगर, कोषाध्यक्ष जिरकुमारी मगर चयन भएकाे नव निर्वाचित अध्यक्ष रुपेश शाक्यले बताए ।
    अधिवेशनकाे उद्घाटन नेकपा माओवादी केन्द्रका युवा नेता तथा चिश‌ंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले गरेका थिए । माओवादी केन्द्रका ७ पालिकामा सर्वसम्मत पालिका कमिटी गठन भइसकेकाे छ ।

    प्रतिक्रिया दिनुहोस