२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

राहत शिक्षकमा ताेया काफ्ले नेतृत्वकाे टिम

  • २०७८ मंसिर २६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाल राहत शिक्षक जिल्ला कार्य समितिकाे दाेस्राे जिल्ला अधिवेशन सकिएकाे छ । शनिवार सम्पन्न अधिवेशनले ताेयानाथ काफ्लेकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ ।

    समितिकाे उपाध्यक्षहरुमा पाण्डव खतिवडा, टाेलहरि पाेखरेल र सेमी तामाङ चयन भएका छन् भने काेषाध्यक्षमा गाेमा श्रेष्ठ छन् । सह सचिवहरुमा राजकुमार वास्ताेला र कमल प्रसाद ढुंगाना चयन भएका छन् । जिल्ला कार्य समिति ३५ सदस्यीय रहेकाे छ ।

    जिल्लाभर कार्यरत राहत शिक्षकहरुकाे हकहितका लागि गठन भएकाे उक्त संगठनले शिक्षकहरुबीचकाे वर्गीकरण र सेवा सुविधामा गरिएकाे विभेद हल गर्न माग गर्दै आएकाे छ ।

    प्रतिक्रिया दिनुहोस