२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

एकिकृत समाजवादीकाे जन्तरखानीमा वडा कमिटी, भ्रष्टाचार विरुद्ध दवाव अभियान चलाउने

  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेकपा (एकिकृत समाजवादी) ले जन्तरखानीमा वडा कमिटी घाेषणा गरेकाे छ । सिद्धिचरण नगरपालिका वडा नं ६ मा रहेकाे जन्तरखानीमा पारस मगरकाे अध्यक्षतामा वडा कमिटी गठन भएकाे हाे । कमिटीकाे उपाध्यक्षमा डेक बहादुर मगर, सचिव किशाेर मगर रहेकाे ३१ सदस्यीय कमिटी निर्माण गरेकाे हाे ।

    त्यस्तै युवा संघ नेपालकाे वडा कमीटि समेत चयन भएकाे छ । मिलन मगरकाे अध्यक्षतामा मन कुमार विक उपाध्यक्ष र सन्ताेष मगर सचिव रहेकाे ३५ सदस्यीय कमिटी गठन गरेकाे नेकपा एकिकृत समाजवादीका उप सचिव दिपक फुयलले बताए । 

     

    कमिटीकाे घाेषणा पार्टी जिल्ला अध्यक्ष हंशराज वाग्ले र सपथ ग्रहण जिल्ला ईञ्चार्ज नेत्र भट्राईले गराए । कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रीय सदस्य निर्मला श्रेष्ठ जिल्ला उपाध्यक्ष मेख बहादुर खड्का र उप सचिव शारदा निराैला लगायत नेताहरु उपस्थित थिए ।                    यस्तै एकिकृत समाजवादीले जिल्ला व्यापी रुपमा आर्थिक अनियमितता र भ्रष्टाचार विरुद्ध अभियान चलाउने भएकाे छ ।  जिल्लाका सरकारी कार्यालय तथा स्थानीय तहमा भएका अनियमितता र ढिलासुस्तीबारे भण्डाफाेर अभियान चलाउने जिल्ला अध्यक्ष हश‌ंराज वाग्लेले बताए । उनले जन्तरखानीबाट साे अभियान घाेषणा गरे । 

    प्रतिक्रिया दिनुहोस