२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

विश्वव्यापी आवधिक समिक्षा र जन्धीजनित समितिका सुझावबारे छलफल

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- राष्ट्रिय मावअधिकार आयोगले विश्वव्यापी आवधिक समिक्षा र जन्धीजनित समितिका सुझावबारे छलफल आयोजना गरेको छ ।
    पुस ७ गते जिल्ला प्रशासन कार्यालयमा भएकाे छलफलमा संयुक्त राष्ट्र संघको विश्वव्यापी आवधिक समिक्षा नेपाललाई प्राप्त सुझाव तथा नेपालका प्रतिबद्धता तथा निका कार्यन्वयनको प्रकृयाका बारेमा छलफल भएको थियो ।

    विश्वव्यापी आवधिक समिक्षा र जन्धीजनित समितिका सुझावका विषयमा आयोगको सन्धी अनुगमन महाशाखाका प्रमुख मञ्जु खतिवडाले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणपछिको छलफलमा नेपालका प्रतिवद्धता तथा जिल्लाका प्रथामिकताबारे तथा सरोकारवाला निकायको भूमिकाका बारेमा छलफल समेत भएको थियो ।

    कार्यपत्र प्रस्तुत गर्दै मावअधिकार आयाेगका उपसचिव मञ्जु खतिवडा ।

    मानवअधिकार रक्षक तथा नागरिक समाजका प्रतिनिधीहरुले जिल्लाको मानवअधिकारको अवस्था र सरकारी निकायको भूमिकाबारे पनि प्रश्न उठाएका थिए । आयोगले सरकारी नियमनकारी निकाय तथा नागरिक समाजका बीचमा विश्वव्यापी आवधिक समिक्षा र जन्धीजनित समितिका सुझावबारे जिल्लामा पहिलो पटक छलफल आयोजना गरेको हो ।

    कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधीहरु सहभागी कार्यक्रमको सहजीकरण आयोगका मावअधिकार अधिकृत पूर्णिमा राणाले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता भने प्रमुख जिल्ला अधिकारी बन्दना राईको रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस