२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

तीन क्लष्टरमा एकिकृत समाजवादीकाे संगठन विस्तार अभियान

  • २०७८ माघ ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – नेकपा (एकिकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई ३ क्लष्टरमा विभाजन गरेर संगठन  विस्तारकाे अभियान शुरु गरेकाे छ । आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकाेसी, मानेभञ्ज्याङ र माेलुङ २ क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका ३ क्लष्टरमा बाँडेर नेताहरुकाे जिम्मेवारी ताेकिएकाे जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।

    सचिवालय बैठकबाट अभियान सञ्चालनकाे रणनीति तयार गरिएकाे साे पार्टीले जनाएकाे छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरुकाे अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरुकाे जिम्मेवारी ताेकिएकाे छ । माघभरिमा अधिकांश वडाहरुकाे कमिटि निर्माण गरिसक्ने लक्ष्य राखिएकाे उप सचिव कमल खड्काले बताए ।

    यस अघि पहिलाे चरणकाे अभियानमा केही पालिका र वडाहरुकाे कमिटी गठन भइसकेकाे छ । संगठन  विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरु पुग्न नसकेकाे गुनासाेलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठकाे टाेली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरि जिम्मेवारी ताेकिएकाे छ ।

    यस्तै एकिकृत समाजवादीकाे पूर्ण वैठक  फागुनमा बाेलाईएकाे जिल्ला इञ्चार्ज भट्टराईले जनाए । एमालेबाट विद्राेह गरेर गठन भएकाे नेकपा एकिकृत समाजवादीकाे संगठन विस्तार तथा प्रशिक्षणजस्ता काममा सुस्त भएकाे कार्यकर्ताहरुले नै गुनासाे गर्न थालेका थिए । त्यही गुनासाे सम्बाेधन गर्न क्लष्टर वाइज कमिटी बनाउने याेजना तय गरिएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस