२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ओखलढुंगा साहित्य प्रतिष्ठानमा श्रेष्ठ

  • २०७८ फागुन २८, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लाकाे साहित्य, कला, संस्कृतिकाे संवर्धनमा संस्थागत संरचनामा विकास गर्न ओखलढुंगा साहित्य प्रतिष्ठान गठन भएकाे छ । प्रगितवादी लेखक तथा साहित्यकार धनराम श्रेष्ठकाे संयाेजकत्वमा ९ सदस्यीय तदर्थ समिति  गरिएकाे हाे ।

    समितिकाे सचिवमा डा. भेषनाथ खनाल रहनुभएकाे छ । तदर्थ समितिले जिल्लाभरका सर्जकहरुलाई समेटेर चाँडै भेला आयाेजना गरेर कार्यकारी समिति गठन गर्ने सदस्य ध्रुव राजभण्डारीले बताउनुभयाे ।

    तदर्थ समितिमा शिवप्रसाद ढुंगाना, कुम्भराज राई, रामहरि श्रेष्ठ, धुर्व राजभण्डारी, डिल्लीराम कार्की, विरेन्द्र तामाङ पेम्वा शेर्पा रहेका छन् ।जिल्लाका सर्जकहरुका पुस्तक संकलन, खाेज तथा अनुसन्धान र साहित्यिक गतिविधी अघि बढाउन भूमिका खेल्ने प्रतिष्ठानका सचिव खनालकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस