२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

समाजसेवी र सामाजिक संस्थाले दिए ७ विद्यार्थीलाई छात्रवृत्ति

  • २०७८ चैत्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सुनेकासी गाउँपालिका ५ मा विभिन्न समाजसेवी व्यतित्व र सामाजिक संस्थाले ७ जना विपन्न तथा जेहन्दार छात्र छात्राहरुलाई छात्रवृति उपलब्ध गराएका छन् ।

    नेपाल बैंकमा कार्यरत अधिकृत मकर तामाङले छात्रा हिमा तामाङलाई माध्यमिक तहसम्म अध्ययनका लागि छात्रवृति उपलब्त्ध गराउने वडा अध्यक्ष गाेविन्दराम तामाङले बताए ।

    त्यस्तै शिक्षक तथा समाजसेवी मनाेज तामाङले वार्षिक २ जनालाई एक हजारका दरले छात्रवृति दिने घाेषणा गरेका छन् ।  अर्काे समाजिक संस्था पद्मदल  प्रतिष्ठानले वार्षिक ४ जनालाई ४ हजारका दरले छात्रवृति उपलब्ध गराउने भएकाे हाे ।

    यसले वडा नं ५ का जेहन्दार तथा गरिब छात्राहरुकाे शैक्षिक उन्नयनमा याेगदान पुग्ने वडा अध्यक्ष तामाङकाे भनाइ छ । याे सुविधा वडा नं ५ का छात्रछात्राहरुले मात्र पाउने छन् ।

    समाजसेवीहरुले गरेना ससना सहयाेगबाट पनि शैक्षिक स्तर उकास्न ग्रामीण क्षेत्रमा याेगदान पुग्ने भन्दृै वडा अध्यक्षले उनीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस