२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

वाग्लेले पाए प्रदेश १ खेलकुदकाे सदस्य सचिवकाे जिम्मेवारी

  • २०७८ चैत्र २२, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले प्रदेश १ काे खेलकुद विकास वाेर्डकाे सदस्य सचिव नियुक्त भएका छन् । उनलाई प्रदेश सरकारले साे पदमा नियुक्त गरेकाे हाे ।

    उनी पूर्व राष्ट्रिय खेलाडि तथा नेकपा एकिकृत समाजवादी निकट सामाजवादी खेलकुद महासंघकाे प्रदेश १ का ईञ्चार्ज समेत हुन् । उनलाई पार्टीकाे तर्फबाट हुने प्रदेश १ कै शक्तिशाली राजनीतिक नियुक्ति दिइएकाे हाे ।

    वाग्लेले सरकारबाट नियुक्ति लिएर म‌ंगलबारै पद बहाली गरिसकेका छन् । यस अघि साे पदमा एमालेले पर्शुराम बस्नेतलाई नियुक्त गरेकाे थियाे । वस्नेत नयाँ सरकार बनेपछि सरकारकाे नीति अनुसार काम नगरेकाे भन्दै हटाइएका थिए ।

    युवाहरु माझ लाेकप्रिय वाग्लेले जिल्लाकाे खेलकुदमा महत्वपूर्ण विकासका लागि याेगदान गर्ने अवसर पाएका छन् । उनीप्रति खेलाडिहरुकाे भराेसा रहेकाे भन्दै जिल्लाकाे खेल क्षेत्रमा महत्वपूर्ण याेगदान गर्न युवाहरुले अग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस