२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

लिखुमा नेकपा एसकाे जनसभा: पालिका कमिटी घाेषणा, २७ एमाले कार्यक्रताले नेकपा एस राेजे

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीले लिखु गाउँपालिकामा पालिका स्तरीय जनसभा सम्पन्न गरेकाे छ । जनसभामा पालिका कमिटी घाेषणाा तथा पार्टी प्रवेश कार्यक्रम एक साथ सम्पन्न गरिएकाे नेकपा एस का जिल्ला कमिटी उपसचिव कमल खड्काले जानकारी दिए ।

    उनले जनसभामा पालिकाका ९ वटै वडाका २ सय अगुवा कार्यकर्ता तथा समर्थक सहभागी भएकाे बताए । जनसभामा नेकपा एस काे लिखु गाउँपालिका स्तरीय पालिका कमिटि घाेषणा भएकाे छ । रन्त बहादुर बम्जनकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी घाेषणाा गरिएकाे हाे ।

     

    कमिटीकाे उपाध्यक्षमा रमेश घिमिरे, सचिव  पूर्णकुमारी सुवेदी सह सचिव राजन वस्नेत चयन भएका छन् । कमिटीले निर्वाचनकाे तयारी तथा स‌ंगठन विस्तारका कामकाे याेजना समेत निर्माण गरेकाे छ ।

    जनसभामा पाेकलीबाट नेकपा एमालेका २७ जना कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र युवा नेता अमृत सागर लागयत नेताहरुले स्वागत गरे । कार्यक्रमकाे अध्यक्षता जिल्ला उपाध्यक्ष मावर सुनुवारले गरेका थिए भने सञ्चालन िजल्ला उप सचिव रामकुमार सुवेदीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस