२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

माेलुङ १ मा एमालेका बानिया भारी मतान्तरले विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिका १ मा एमालेका कमल बानिया झन्डै दाेब्बर मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार टोपराज धमलालाई ४१३ मतान्तरले हराउँदै बानिया प्यानलसहित विजयी भएका हुन् ।

    बानियाले ९२६ मत ल्याएर विजयी हुँदा धमलाले ५१३ मत ल्याएका छन् । यस अघि २०७४ मा नेपाली कांग्रेसले जित हात पारेकाे थियाे ।

    प्रमुख र उप प्रमुखमा समेत कुन्तादेवीबाट आएकाे मतले एमाले अग्र स्थानमा पुगेकाे छ । उप प्रमुखमा दाेब्बर बढी र प्रमुखमा २ सय मतान्तरले एमाले अगाडी छ । अब वडा नं ५ र ६ काे मत परिणाम आउन बाँकी छ ।

    एमालेकाे  जित्ने संभावना भएका वडा भएकाले प्रमुख र उप प्रमुख नै एमालेले जित्न सक्ने आ‌कलन छ ।

     

    प्रतिक्रिया दिनुहोस