२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

जन्मथलोमा युगकविको सम्झना: १११ औं जन्मजयन्तीमा कवि गाेष्ठी

  • २०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती मनाइएको छ । उनको जन्मस्थान सिद्धिचरण नगरपालिका १२ मा सोमबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

    ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा सिर्जना वाचन गरियो । एक दर्जन स्रष्टाहरुले कविता, गजल वाचन गरे । उनको जन्मस्थानमा निर्माण गरिएको सिद्धिचरणको प्रतिमामा फूलमालाले माल्यार्पण गरियो ।

    कार्यक्रममा सिद्धिचरण नगरपालिकाका पूर्वमेयर मोहनकुमार श्रेष्ठ, मेयर तेजन खनाललगायतले उनले राणाविरोधी आन्दोलनमा कलमको माध्यमबाट पुर्‍याएको योगदानको स्मरण गरे । ओखलढुंगालाई एउटै कविताको माध्यमबाट चिनाएको भन्दै बर्सेनि उनलाई स्मरण गरिने वक्ताहरुले बताए ।

    कविहरु धनराम श्रेष्ठ, बालगोविन्द राजभण्डारी, डा. भेषनाथ खनाल, विरेन्द्र तामाङ, गगन राई, कुम्भराज राईलगायतले कविता वाचन गरेका थिए ।

    बाचन गरेका कविताबारे ओखलढुंगा क्याम्पसका उप प्राध्यापक तथा विष्लेषक युवराज दाहालले समिक्षात्मक टिप्पणी गरेका थिए ।  प्रतिष्ठानका संयाेजक धनराम श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम आयाेजना गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन बद्री धमलाले गरे ।

    प्रतिक्रिया दिनुहोस