२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

१६ नेपाली र ६ जना विदेशी रहेको तारा तारा एयरको विमान सम्पर्क विहीन, दुर्घटना भएकाे आशंका

  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं- पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

    प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

    ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य  पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

    प्रतिक्रिया दिनुहोस