२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

जँगली च्याउले एकै परिवारका दुइजनाकाे मृत्यु, दुइकाे अवस्था गम्भीर

Thumbnail
  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा — ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

    मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने छन् । ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    गम्भीर रहेका थप तीनजना ढककुमारीका श्रीमान् २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारीकी नाबालिका छोरी तीन वर्षीया छोरी सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो ।

    उपचारका लागि लगिएकामध्ये हजुरआमा मनमायाको शिक्षण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रहरीलाई ढिलो गरी जानकारी प्राप्त भएकोले घटनास्थलतर्फ प्रहरी गइरहेको र कस्तो किसिमको च्याउ खाएको भन्ने बारेमा थाहा हुने प्रहरी निरीक्षक दासले बताए ।

    प्रतिक्रिया दिनुहोस