२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

एनआरएनए बुसानको अध्यक्षमा ओखलढुँगाका सानु मगर

  • २०७९ अषाढ २५, शनिबार मा प्रकाशित १ साल अघि
  • दक्षिण काेरिया-  “गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बुसान शाखा दक्षिण कोरियाको अध्यक्षमा सानुराज मगर निर्वाचित भएका छन् । आइतबार सम्पमन्न अधिवेशनबाट ओखलढुँगा स्थायी ठेगाना भएका मगर निर्वाचित भएका हुन् ।

    “नेपालीको लागि नेपाली” भन्ने मुल नारा का साथ सम्पन्न “गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्” ( NRNA) ख्यङसाङनाम्दो बुसान शाखाको वार्षिक अधिवेशन बाट सर्वसम्मत रुपमा अध्यक्षमा सानू राज गगर चयन भएका हुन् ।

    सिद्दिचरण नगरपालिका ६, जन्तरखानी ओखलढुंगाका सानुराज मगर सन् 2011 मा ई.पी.एस भाषा उत्तिर्ण गरि 2012 मा कोरिया पुगेका थिए । कोरिया गए देखि विभिन्न सामाजिक संघ आब्द्द भएर काम गर्दै आइरहेका उनले विशेषगरि कोरियामा रहेका नेपाली श्रमिकहरुलाई कम्पनिमा काम गर्दा आउने समस्या (भाषा समस्या, घाउ, चोटपटक, तलब नपाउदा, कम्पनि परिवर्तन, भिजा नपाउदा) सहयोग गर्दै आइरहेका छन् ।

    मगरले  क्षेत्रीय एन. आर. एनए मा सदस्यकै रुपमा अगुवाइ गर्दै नेपाली राजदुतावास र NRNA कोरियाको सहकार्यमा प्रत्येक प्रान्त (मुख्य शहर) मा सन् २०२१ मा नेपाली राजदुतावास घुम्ती सेवा शिविर सम्पन्न गरेका थिए । उक्त सेवा शिविर बाट हजारै नेपाली श्रमिकहरुले लाभ लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस