२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

शहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई निर्वाह भत्ता दिँदै पालिका

  • २०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-   चिशंखुगढी गाउपालिकाले शहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई निर्वाह भत्ता दिन थालेकाे छ । तत्कालीन नेकपा माओबादीले शुरु गरेकाे जनयुद्धका कारण सहिद भएका परिवारलाई निर्वाह भत्ता दिन थालेको हो ।

    गाउँपालिकाले चालु आर्थिक वर्षबाट सहिद परिवारलाई मासिक २ हजारका दरले भत्ता दिन सुरु गरेको जनाएको छ । गाउँपालिकाले हालसम्म १५ जना सहिदका परिवारहरुलाई बैंक मार्फत भत्ता उपलब्ध गराएको गाउपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । निर्वाह भत्तालाई आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिने  तयारी छ ।

    प्रतिक्रिया दिनुहोस