२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

उच्च अदालत ओखलढुंगा इजलाशमा लक्ष्यभन्दा प्रगति बढी

  • २०७९ अषाढ ३१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशमा लक्ष्यभन्दा बढी प्रगति देखिएकाे छ । मुद्दा दर्ता तथा फर्छ्याैटकाे तथ्याँकका आधारमा प्रगति बढी देखिएकाे हाे ।

    वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रममा अदालतका तर्फबाट प्रस्तुत विवरणमा मुद्दा दर्ता अनुमान २५१ गरिएकाेमा २७४ थान दर्ता भए । यीमध्ये २ सय ३ थान फर्याैट गर्ने लक्ष्य राखिएकाेमा २६४ थान अर्थात लक्ष्यका आधारमा १३० प्रतिशत फर्याैट भएका छन् ।

    लक्ष्यभन्दा बढी प्रगति मुद्दा फर्याैटमा देखिएकाे तथा वर्षदिन नाघेका पुराना मुद्दा नरहेकाे अदालतका बरिष्ठतम् न्यायधीश वीरबहादुर डाँगीले जानकारी दिए ।

    दर्ता भएका मुद्दामध्ये ८५ थान आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । यीमध्येमा १३ थुनुवा मुद्दा, बालबालिका पीडित रहेका १० थान तथा बालबािलका प्रतिवादी रहेका ३ थान मुद्दा छन् ।

    अदालतले  मुद्दा दर्ता सुनुवाइ तथा फैसलाका अतिरक्त न्यायधीश भेटघाट, न्यायिक पहुँच, आन्तरिक प्रगति समिक्षा, न्याय क्षेत्र समन्वय समितिकाे बैठक, सञ्चारकर्मी, बार तथा सरकारी वकील र सराेकारवालाहरुसँगका छलफल कार्यक्रम सम्पन्न गरिएकाे जनाएकाे छ । 

    प्रतिक्रिया दिनुहोस