२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

खिजीदेम्वाकाे एम्बुलेन्स २ वर्षमै थन्कियाे, नागरिकले पाएनन् एम्बुलेन्स सेवा

  • २०७९ श्रावण ९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  स्थानीय तहका एम्बुलेन्स सेवा प्रभावकारी हुन सकेका छैनन् । एम्बुलेन्स सेवा प्रभावकारी नहुँदा उपचारका लागि विरामीले महंगोमा सवारी रिजर्भ गर्न बाध्य छन् ।

    स्थानीय सरकारले स्वास्थ्य संस्थामा औषधी, दक्ष स्वास्थ्यकर्मी तथा एम्बुलेन्स व्यवस्थापनमा भन्दा अन्य खरिद र निर्माणमा ध्यान दिदो स्वास्थ्य जस्तो सम्बेदनशील विषय ओझेलमा परेको छ ।

    खिजीदेम्वा गाउँपालिका वडा नं. ३ का धनमाया भुजेल प्रसुतिको समस्या भएपछि २३ हजारमा गाडी रिजर्भ गरेर जिल्ला बाहिर गइन् । गाउँपालिकाको एम्बुलेन्स नभएपछि उनले रिजर्भ गरेकी हुन् । खिजीदेम्वाले पाँच वर्ष पहिले खरिद गरेको एम्बुलेन्स विग्रेर थन्किएपछि उनीजस्ता सेवाग्राही महंगोमा गाडी रिजर्भ गर्न बाध्य छन् ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले पालिकाका एम्बुलेन्स विग्रेपछि मर्मत नभएको बताए । उनले ८÷९ महिनादेखि बिग्रेर बसेपछि नयाँ किन्ने प्रकृया शुरु गरिएको जनाए ।

    मर्मत गरेर सञ्चालन गर्न नसकिने भएकाले नागरिकले एम्बुलेन्स सेवा नपाएको उनको भना छ । मर्मत भन्दा पालिकाले नयाँ खरिद गर्न चासो दिँदा तत्काल नागरिकले एम्बुलेन्स सेवा पाउन सकेका छैनन् ।

    गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा प्रसुति महिलाको स्वास्थ्य सेवाका लागि बजेट तथा कार्यक्रम प्रथामिकतामा राख्ने उल्लेख भएपनि निर्वाचनपछि आएका जनप्रतिनिधीहरुले कार्यन्वयनमा चासो दिएका छैनन् ।

    एम्बुलेन्स जस्तो सम्बेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको स्वास्थ्योपचारमा खेलवाड गरेको स्थानीय सुदिप सुनुवार बताउँछन् । पालिका भने मर्मभन्दा नयाँ खरिदमा कमिसन आउने भएपछि २ वर्ष चलाएको एम्बुलेन्स थन्क्याएर नयाँ खरिदको प्रकृयामा लागेको छ ।

    प्रतिक्रिया दिनुहोस