२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नाबालक पीट्ने स्वास्थ्यकर्मी बिरुद्ध अभद्र व्यवहार मुद्दा

  • २०७९ श्रावण १२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- १० बर्षीय बालक मरणासन्न हुने गरी कुटपिट गरेकाे अभियाेगमा एक स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएकाे छ ।

    पीडित परिवारकाे जाहेरीका आधारमा प्रहरीले आराेपित सिद्धिचरण नगरपालिका ११ रामबजारका सम्झना श्रेष्ठविरुद्ध  अभद्र व्यवहार मुद्दा दर्ता भएकाे जिल्ला प्रहरी कार्यालय ओखलढु‌ंगाका डिएस्पी सुकदेव खनालले नागरिक मिडियालाई बताए । उनी ओखलढुंगा स्वास्थ्य चाैकीमा कार्यरत सिनियर अनमी रहेकाे स्थानीयले बताए ।

    आराेपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । आराेपित श्रेष्ठले २०७९ साउन ७ गते दुई बालवालिका बिच खेल्ने क्रममा भएको समान्य विवादलाई लिएर  छिमेकमा डेरा गरि वस्ने १० वर्षीय बालकलाई कुटपीट गरेर शरिरकाे विभिन्न भागमा निलडाम रहेकाे र बान्ता गरिरहने  बालककी आमा विमला वस्नेतले बताइन् । जिल्लामा उपचार नभएपछि थप उपचारका लागि काठमाण्डाै पठाइएकाे छ ।

    बालकले बान्ता गरिरहने समस्या आएकाे र समस्या यकीन गर्न सिटी स्कान नै गर्नु पर्ने भएकाले बालकलाई जिल्ला बाहिर रेफर गरेकाे ओखलढु‌ंगा सामुदायिक अस्पतालले जनाएकाे छ । बालकलाई उपचारका लागि न्यूराे अस्पताल काठमाण्डाैं लगिएकाे थियाे ।

    घटनापछि पीडक पक्षले घटना सार्वजनिक नगर्न, प्रहरीमा उजुरी नगर्न पीडित परिवारलाई दवाव दिएकाे, जिल्ला प्रहरीमा समेत उजुरी दर्ता नगर्न विभिन्न निकाय र व्यक्तिबाट दवाव दिएकाले घटना भएकाे ४ दिन पछि मात्रै प्रहरीमा मुद्दा दर्ता भएकाे पीडित पक्षकाे गुनासाे छ ।

    प्रहरीले भने अस्पतालकाे रिपाेर्ट आउन बाँकी रहेकाे र हाल घटना अनुसन्धानमा रहेकाले  बजार हल्लाकाे पछि नलाग्न भनेकाे छ ।  पीडित पक्षले ज्यान मार्ने उद्याेगमा जाहेरी हाल्ने तयारी गरे पनि दावाव पछि अभद्र व्यवहारमा जाहेरी दिएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस