२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

श्रीमती हत्याका अभियुक्त पक्राउ, कसुर स्वीकरपछि मुद्दा दर्ता

  • २०७९ श्रावण १२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  श्रीमतिकाे हत्या गर्न चिशंखुगढी गाउँपालिका – ४  का पेम नुरी शेर्पा पक्राउ परेका छन् । आपसी विवाद हुँदा उनले  श्रीमती लाक्पा पुटी शेर्पाको कुटेर हत्या गरेका थिए ।

    पक्राउपछि आराेपितले  कसुर स्वीकार गरेको प्रहरीले जनाएकाे छ। प्रहरी समक्ष अभियुक्त शेर्पाले घरायसी विवादका क्रममा आफुले आवेगमा आएर श्रीमतीलाई लात्ती, मुड्की, काठको दाबिलोले पेट, टाउको र शरीरको विभिन्न भागमा कुटपिट गर्दा उनी सख्त घाइते भएको र पछि उपचारको क्रममा ज्यान गएको बताएका छन् ।
    शुरुमा उनले साउन ७ गते बेलुका ९ : ३० बजेको समयमा भएको उक्त कुटपिटको घटना लुकाउन उनले श्रीमती खेतबाट फर्कने क्रममा भिरबाट लडेर घाइते भएको बताएका थिए । निर्घात कुटपिटबाट सख्त घाइते लाक्पा पुटीलाई साउन ८ गते ओखलढुंगा सामुदायिक अस्पताल सोब्रु लगिएकोमा उनको साउन ९ गते बिहान ११ बजे मृत्यु भएको थियो ।
    अभियुक्त शेर्पाले कसुर स्विकार गरेकोले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस