२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग तालिम

  • २०७९ आश्विन १, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी मनोसामाजिक सहयोग तालिम आयाेजना गरिएकाे छ । युनाइटेड मिसन टु नेपाल, सामुदायिक अस्पताल ओखलढुंगा, मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत साे तालिम आयाेजना गरिएकाे हाे ।

    तालिममा मानसिक समस्या त्यसका अवस्था तथा स्वास्थ्य संस्थाबाट हुने उपचार तथा मनाेसामाजिक परामर्श सम्बन्धि विषयमा विशेषज्ञहरुबाट प्रशिक्षण गराइने छ । तालिममा मानसिक राेग  विशेषज्ञ प्राध्यापक डाक्टर विद्यादेव शर्मा र बरिष्ठ मनोविद राजेश कुमार झाले प्रशिक्षण दिएकाे कार्यक्रम संयाेजक अम्वीका पुलामीले बताइन् ।

    तालिम दुइ समुह विभाजन गरि दुई चरणमा दिइएकाे थियाे । स्वास्थ्य संस्थाका प्रमुखहरुलाई मानसिक राेग पहिचान तथा उपचार विधि र अन्य स्वास्थ्यकर्मीहरुलाई मनाेपरामर्शबारे प्रशिक्षण दिइयाे । ६ दिनसम्म दिइने प्रशिक्षणले समाजमा हुने मानसिक समस्या पहिचान  गरेर उपचार गर्न औषधी मनाेपरामर्शका माध्यमबाट ६० प्रतिशत समस्या हल हुने अपेक्षा राखिएकाे प्रशिक्षक मानसिक राेग विशेषज्ञ प्राध्यापक डाक्टर विद्यादेव शर्माले बताए ।

    जिल्ला समन्वय समिति र जिल्ला रेडक्रश हलमा भएकाे तालिम  शुक्रबारदेखि शुरु भएकाे हाे । तालिम उद्घाटन कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सामुदायिक अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले निकै महत्वपूर्ण तालिम तालिमका रुपमा नभइ जिल्लाकाे स्वास्थ्य उपचार पद्धतिलाई प्रभावकारी र नागरिककाे पहुँचमा पग्ने विश्वाश व्यक्त गरे ।

    युनाइटेड मिसन टु नेपाल अन्तर्गत रहेकाे मानसिक स्वास्थ्य कार्यक्रमले जिल्लामा मानसिक राेगकाे पहिचान तथा उपचारमा याेगदान गर्दै आएकाे छ ।

    प्रतिक्रिया दिनुहोस