२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

चिशंखुगढीमा सि-लिड्सको मोड्यूल- १ तालिम

  • २०७९ आश्विन १, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- दलित महिला केन्द्र नेपालद्वरा सञ्चालित सि-लिड्स परियोजना  अन्तर्गत चिशंखुगढी गाउँपालिकामा माेड्यूल- १ तालिम सञ्चालन भएकाे छ । भदाै ३० गते शुरु भएकाे तालिम स्वीस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोग र आई एफ.इ.एस. को प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

    कार्यक्रम उद्घाटन कार्यक्रममा चिश‌ंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले तालिमले पिछाडि परेका महिला तथा दलित महिलाहरुकाे नेतृत्व र क्षमता विकासमा निकै ठूलाे याेगदान पुग्ने भन्दै आयाेजक संस्थाप्रति धन्यवाद व्यक्त गरे । तालिमकाे मुख्य उद्देश्य स्थानीय तहमा निर्वािचत महिला जनप्रतिनिधहरुकाे क्षमता तथा नेतृत्व विकासमा याेगदान गर्दै निर्णायक तहमा उच्च सहभागिता गराउनु रहेकाे परियाेजनाका अनुगमन तथा मुल्याकंन अधिकृत बुना बिकले बताइन् ।

    ४ दिन सम्म चल्ने कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष  सन्तोष बाबु थापा, प्रमूख प्रशाशकीय अधिकृत लोकमणी खनाललगायतकाे उपस्थति रहेको थियो । पालिका भित्र विभिन्न पदमा निर्वाचित महिलाहरु सहभागी तालिममा प्रशिक्षकहरु देबेन्द्र कुमार राई र मैया राईले प्रशिक्षण दिएका छन् ।

    परियाेजना प्रदेश नम्बर १ का ५ वटा जिल्ला सुनसरी, मोरङ, झापा, खोटाङ र ओखलढुङ्गाका ३९ वटा पालिकामा सञ्चालित छ भने ओखलढुंगाका ५ गाउँपालिका मानेभङज्याङ,, मोलुङ, सूनकोसी,  चिसंखुगढी , चम्पादेवी  तथा एक नगरपालिका सिद्धिचरणमा  सञ्चालनमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस