२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

रुम्जाटारमा वित्तिय साक्षरता सम्वन्धि छलफल

  • २०७९ आश्विन २, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  रुम्जाटारमा वित्तिय साक्षरता सम्बन्धी छलफल कार्यक्रम आयाेजना गरिएकाे छ । प्रदेश १ सरकारकाे आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे आयाेजनामा एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएकाे हाे ।

    कार्यक्रममा वै‌ंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, व्यवसायीहरु,  उद्याेग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के तथा पदाधिकारीरु र पत्रकारहरु सहभागी भएकाे प्रदेश लेखा कार्यालयका लेखापाल बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

    आर्थिक मामिला मन्त्रालयका राजश्व अधिकृत,  प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख लेखा नियन्त्रक दामोदर खत्री लगायतले वित्तिय साक्षरता र यसकाे आवश्यकताबारे बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस