२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

दलित तथा महिला जनप्रतिनिधीको क्षमता विकाशमा सि-लिड्सकाे भूमिका प्रभावकारी

  • २०७९ आश्विन ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • २०७४ सालको स्थानीय तहको निर्वाचनदेखी हालसम्म आईपुग्दाँ राजनितीक तहमा महिलाको सहभागीता उल्लेख्य छ । तर राजनितीक तहमा कोटा प्रणालीमार्फत महिलाको सहभागीतालाई सुनिस्चित गरिएपनि उनीहरुको सहभागीता सहभागीतामा मात्र सिमीत बनेको थियो । समुदायमा पछाडी परेका तथा दलित समुदायको महिलाहरुलाई राजनितीक रुपमा सक्रिय सहभागीता जनाउन शी लिड्स परियोजनाले गाउँतहबाटै निर्वाचित महिला जनप्रतिनिधीलेको क्षमता विकाश गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    यसले राजनितिमा लागेका महिला प्रतिनिधीमा निकै परिर्वतन ल्याएको छ । यसअघि समान्य बोल्नमा समेत डर मान्ने गरेका महिला जनप्रतिनिधी परियोजनाले दिएको तालिमपछि आफुमा निकै परिवार्तन भएको महशुष गरेका छन् । सिद्धिचरण नगरपालिका ७ का महिला वडा सदस्य फुर्छाेकी शेर्पा शी लिड्सको तालिमपछि गाउँघरमा आफ्नो भुमिका रहने काममा समेत सहजता मिलेको बताउँछिन्।

    दलित महिला केन्द्र नेपालले बिभिन्न स्थानीय तहमा शि लिडस परियोजना कार्याक्रमको मोडयूल १ तालीम सञ्चालन गरिरहेको छ । उक्त तालिमले महिला सशक्तीकरण , समाबेशीता र महिला सहभागीताको सवालमा संबिधानमा ब्याबस्था भए अनुसारको अर्थपूर्ण सहभागितालाई जोड दिएको छ ।

    यसले राजनितीक क्षेत्रमा लागका जनप्रतिनिधीहरुको समेत क्षेमता बिकाशमा तालिमले महत्वपुर्ण भुमिका खेलको जिल्ला समन्व्य समितीका सदस्य भिम कुमारी कट्वाल खत्रीले बताईन् । यस कार्यक्रमले भर्खर जनप्रतिनिधीको रुपमा आएका महिला तथा दलित समुदायका जनप्रतीनिधीलाई नेतृत्व तथा क्षेमता बिकाशमा महत्वपुर्ण भुमिका खेलेको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले बताए । उहाँले यस्ता कार्यक्रम राज्य तहबाटै संञ्चालन हुनुपर्नेमा समेत जोड दिए ।

    स्वीस सरकार बिकास सहयोग एसडीसीको आर्थिक तथा आई एफ ई एसको प्राबिधिक सहयोगमा यो कार्यक्रम ओखलढूङगाको सिद्धिचरण नगरपालिका, मानेभङज्या गाउँपालिका , मोलूङ गाउँपालिका, सूनकोसी , चिसंखुगढी र चम्पादेवी गाउँपालिकामा सञ्चालित छ । यस बाहेक यो कार्यक्रम प्रदेश नम्बर १ का बिभिन्न ५ वटा जिल्लामा सञ्चालनमा रहेको छ ।

    यसअघी चिशंखुगढी गाउँपालिकामा सञ्चालन गरिएको तालिम आजबाट सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा सञ्चालन भएको कार्यक्रमका अनुगमन मुल्याकंन अधिकृत बुना बिकले बताइन् ।

    नगरपालिकाका महिला जनप्रनिनिधी लक्षित तालिम आगामी चार दिनसम्म सञ्चालन हुने छ । रुम्जाटारमा शनिबारबाट शुरु भएकाे तालिममा सहभागी महिला जनप्रतिनिधीहरुलाई देबेन्द्र कुमार राई र मैया राईले प्रशिक्षण दिएरहेका छन् । तालिम असाेज ६ गते समापन हुने जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस