२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मानसिक स्वास्थ्यबारे सचेतना जगाउन सडक नाटक

  • २०७९ आश्विन २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानसिक स्वास्थ्यबारे सचेतना जगाउन सडक नाट प्रर्दशन भएको छ । सोमबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सिद्धिचरण नगरपालिका १२ स्थित गणेशटोलमा सडक नाटक प्रस्तुत गरिएको हो ।

    नाटक नगरपालिकाको आयोजना, ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत मानसिक स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको समन्वयमा प्रर्दशन गरिएको हो । कार्यक्रममा मानसिक रोग कसरी सुरु हुन्छ ? र जटिल बन्दै गएमा कस्तो अवस्थासम्म पुग्छ भन्नेबारे नाटकका पात्रले अभिनय प्रस्तुत गरेका थिए ।

    मानसिक रोग लुकाउन नहुँने र समयमै मानसिक रोग पहिचान गरेर उपचार गरेमा निको हुने नाटकले सन्देश दिएको थियो । कार्यक्रममा ओखलढुंगा सामुदाियक अस्पतालका निर्देशक डा. रोशन खरेलले जिल्लामा मानसिक रोग न्यूनिकरणका लागि अस्पतालले निःशुल्क मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।

    सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले जिल्लामा मानसिक रोगका कारण आत्महत्या बढिरहेको भन्दै न्यूनिकरण नगरपालिका जुट्ने बताए । नाटक प्रस्तुत गर्ने ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत मानसिक स्वास्थ्य परियोजनाकी संयोजक अम्बिका पुलामी मगरले बताइन् ।

    उनले मानसिक रोग लुकाएमा विस्तारै जटिल अवस्थामा पुग्ने, डिप्रेसन हुदै आत्महत्याको रुप लिनेभएकाले समयमै उपचार गर्नु पर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस