२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

गठबन्धनकाे चुनावी प्रचार: संघ र प्रदेशकाे राजधानीमा भेला

  • २०७९ आश्विन ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  संसदीय निर्वाचनकाे प्रचार प्रसार गठबन्धनले संघीय र राजधानी र प्रादेशिक भेलाबाट तयारी थालेका छन् । शनिबार काठमाण्डाैमा भएकाे भेलापछि जिल्लाका उम्मेदवार तथा नेता कार्यकर्ता आइतबार इटहरीमा प्रादेशिक भेलामा जुटेका हुन् ।

    उनीहरुले ‌ओखलढुंगामा जन्मेर पेशाका शिलशिलामा प्रदेश राजधानी विराटनगर तथा आसपासका जिल्लामा पुगेका पार्टीहरुका मतदाता तथा कार्यकर्ताहरुसँग भेटघाट तथा सुझाव लिएका छन् ।

    इटहरीमा कार्यक्रम सकेर उम्मेदवार तथा नेताहरु जिल्लाकाे कार्यक्रममा आउने तयारी भएकाे गठबन्धनकाे चुनाव प्रचार समितले जनाएकाे ५ । जिल्ला बाहिर रहेका मतदाता र शुभेच्छुकसँगकाे छलफलले चुनावी माहाैल बनेकाे छ । यसले उम्मेदवार तथा गठबन्धनका नेताहरु उत्साहित छन् ।

    ओखलढुंगामा गठबन्धनबाट स‌ंघ तर्फ काँग्रेस केन्द्रिय सदस्य रामहरि खतिवडा, प्रदेशतर्फ क मा काँग्रेस केन्द्रिय सदस्य  प्रदिप सुनुवार तथा ख तर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गाैतम चुनावी मैदानमा छन् । गठबन्धनमा काँग्रेस माओवादी सहित नेकपा एस पनि सहभागी छ ।

    प्रतिक्रिया दिनुहोस