२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

‘प्रगतिपथ’ विमाेचन,प्रतिभा छनाैट तथा पुरस्कार वितरण कार्यविधि बन्दै

  • २०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रगतिशील लेखक संघ जिल्ला समिति ओखलढुंगाले प्रकाशन गरेकाे मुख पत्र प्रगतिपथकाे पहिलाे संस्करण विमाेचन गरिएकाे छ । प्रगतिशिल लेखक संघ (प्रलेश) काे कार्य समितिकाे बैठकमा पदािधकारीहरुबाट शुक्रबार दिउँसाे मुखपत्र विमाेचन गरिएकाे हाे ।

    मुखपत्र जिल्ला तथा बाहिरी जिल्लाका प्रगतिवादी धारका लेखकहरुका साहित्य सृजना तथा विचारहरु समेटेर  प्रकाशन गरिएकाे प्रधान सम्पादक तथा संघका अध्यक्ष दुर्गा सुब्बा लिम्बुले जानकारी दिए । जिल्लामा प्रगतिवादी धारकाे साहित्यकाे विकास तथा प्रवर्धनका लागि बार्षिक रुपमा मुखपत्र प्रकाशन हुने बताइएकाे छ ।

    प्रगतिवादी विचार र साहित्यकाे विकास र प्रवर्धनका लागि प्रगतिवादी लेखक तथा कम्युनिष्ट नेता सिताराम गुरुङले आफ्ना आमा बाबुकाे नामबाट धप प्रतिभा पुरस्कार काेष स्थापना गर्नुभएकाले धन्यवाद ज्ञापन गर्दै एक लाख अक्षयकाेषबाट प्राप्त व्याजले बार्षिक रुपमा दिइने पुरस्कारका लागि प्रतिभा छनाैट गर्न कार्यविधी निर्माण गर्ने पनि निर्णय भएकाे छ ।

    कार्यविधि निर्माण गर्न उप समिति बनेकाे छ  । आगामी दिनमा संघलाई थप संस्थागत रुपमा अघि बढाउन पदाधिकारीहरुबीच सहकार्य प्रभावकारी हुनु पर्नेमा पदाधिकारीहरुले जाेड दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस