२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

घरदैलाे र टाेल भेलाले माहाैल बनाउँदै गठबन्धन

  • २०७९ कार्तिक ७, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- गठबन्धन दलका उम्मेदवार र नेताहरुले घरदैलाे र टाेल भेलाबाट मतदाताका गुनासाे सुन्दै आफ्नाे पक्षमा चुनावी माहाैल निर्माण गर्न व्यस्त छन् ।

    प्रत्यक्ष तर्फ संघीय प्रतिनिधि सभाका उम्मदेवार रामहरि खतिवडा, प्रदेश तर्फ क्षेत्र नं १ मा प्रदिप कुमार सुनुवार क्षेत नं २ मा बाबुराम गाैतम अधिकांश पालिका पुगेर मतदातासँग साक्षत्कार तथा फलफल गरेका छन् ।

    पहिलाे चरणकाे कार्यक्रमबाट आफुहरु उत्साहित भएकाे र गठबन्धन मजबुद रहेकाले चुनाव जित्न कुनै चुनाैति नरहेकाे उनीहरुकाे निष्कर्ष छ । पालिका तथा वडा र टाेलसम्मै पुगेर मतदाता भेटेपछि संघीय प्रतिनिधि सभाका उम्मदेवार रामहरि खतिवडाले मतदाता गठबन्धनमा भाेट हाल्न आतुर रहेकाे बताए ।

    प्रदेश तर्फ क्षेत्र नं १ का उम्मेदवार प्रदिप सुनुवारले  घरदैलाेमा पुगेर कुराकानी गरेपछि जनताले आश्वाशन भन्दा विकासका काम चाहेकाले परीक्षण भइसकेका भन्दा भरलाग्दा उम्मेदवार छान्न आतुर रहेकाे बताउने गरेकाे नागरिक मिडियालाई सुनाए ।

    गठबन्धनका उम्मेदवारहरुले चिशंखुगढि सिद्धिचरण मानेभञ्ज्याङलगायतका पालिकामा भेटघाट सम्पन्न गरेका छन् । तिहार लगत्तै बाँकी पालिका तथा आम सभाका कार्यक्रम रहेका छन् ।

    उम्मेदवारी दर्ता गरेर मानेभञ्ज्याङ घुमि सकेका प्रदेश क्षेत्र २ का उम्मेदवार बाबुराम गाैतमले जनता गठबन्धनकाे पक्षमा खुलेर लागेकाे बताए । उनी मतदातासँग भेटघाट गरेपछि निकै उत्साहित छन् ।

    जिल्लामा गठबन्धनका उम्मेदवारसँग मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारकाे हुनेछ । एमालेका यज्ञराज सुनुवार संघ तथा प्रदेशमा अम्बीरबाबु गुरुङ र जिवी खड्का उम्मेदवार बनेर मैदानमा छन् ।

    एमालेले पनि आक्रामक रुपमा अभियान चलाइरहेकाे छ । पार्टी प्रवेश र अरु दलका मतदाता आफ्नाे पक्षमा पार्ने उस्काे मुख्य रणनीति छ ।

    प्रतिक्रिया दिनुहोस