२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

क्यान्सर पीडितलाई एकिकृत समाजवादीले दियाे ३० हजार उपचार खर्च !

  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीले क्यान्सर पीडित महिलालाई आर्थिक सहयाेग गरेकाे छ । सिद्धिचरण नगरपालिका वडा नं ४ स्थित यदकुमारी दाहाललाई ३० हजार आर्थिक सहयाेग गरेकाे हाे ।

    पार्टी नेताहरुले रकम जुटाएर सहयाेग गरिएकाे जिल्ला ईञ्चार्ज नेत्र भट्टराईले बताए । दाहाल एकिकृत समाजवादीका जिल्ला सदस्य ४ नं वडा कमिटी अध्यक्ष डाकुरनाथ दाहालकी धर्म पत्नी हुन् । आर्थिक हिसाबले कमजाेर भएकाे परिवार र उपचार खर्च महंगाे भएकाले सहयाेगी मनहरुलाई सहयाेग गर्न परिवारले अपिल गरेकाे छ ।

    सहयाेगका लागि छाेरा प्रकाश दाहालकाे नाममा रहेकाे बाणिज्य बैंक ओखलढुंगाकाे  बचत खाता १४२०१०००७००५६०१० मा जम्मा गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस