२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेस र समाजवादीका नेता कार्यकर्ता एमालेमा !

  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी र कांग्रेसका नेताहरु एमाले प्रवेश गरेका छन् । समाजवादीका जिल्ला सचिवालयका नेताहरु सञ्जीव गुरुङ र रविन शाक्य लगायतका एमाले प्रवेश गरेकाे एमालेका जिल्ला उपाध्यक्ष हर्कबाेल राईले जनाए ।

    एमाले जिल्ला कार्यालयमा प्रदेश सदस्य तथा प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्वीर गुरुङकाे पहलमा उनीहरु प्रवेश गरेकाे जनाइएकाे छ । अर्का कृष्ण मगर पनि प्रवेश गरेकाे बताइएकाे छ ।

    त्यस्तै शनिबार  सिद्धिचरण नगरपालिकामा कांग्रेसकाे वडा समितिका सभापतिसहितका  नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सिद्विचरण नगरपालिका ३ नारायणस्थानका कांग्रेसका वडा सभापति शिव बानियाको नेतृत्वमा कांग्रेसका वडा समितिका पदाधिकारीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेसका जिल्लासभापति तथा सिद्विचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालको वडाको पार्टी समिति सहित प्रवेश गराएरकाे एमालले जनाएकाे छ । एमाले नेताका अनुसार ८९ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

    ओखलढुंगा कांग्रेसभित्र पछिल्लो समय नातावाद र जातिवाद बढेर नेतृत्वले कार्यकर्तालाई चुनावमा मात्रै प्रयोग गर्ने गरेकाले पार्टी त्याग गरेको  एमाले प्रवेश गरेका नेता शिव बानियाले बताए ।  उनले भने `पार्टीको नेता मात्रै हुँदा त निषेध र विभेदको राजनीति बाहेक केही गर्दैनन् झन् हामीले सांसद बनाए आफ्नै भविश्य जाेखिममा राख्नु हाे।’

    नवप्रवेशीहरुलाई  एमाले जिल्ला  अध्यक्ष शंकर कट्वाल उपाध्यक्ष हर्कबाेल राई प्रदेश सदस्य माेहन श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बिरबाबु गुरुङसहित नेताले  स्वागत गरेका थिए ।

    नारायणस्थानमा कांग्रेसले नयाँ मान्छेलाई अर्को पार्टीबाट ल्याएर वडाअध्यक्षको टिकट दिएपछि स्थानीय निर्वाचनमा शिव बानियाको नेतृत्वमा कांग्रेसका पुराना नेताहरुले विद्रोह गरेर स्वतन्त्र  उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस