२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

प्रदिप सुनुवार भन्छन् ‘देशैभरि गठबन्धन भत्केपनि ओखलढुंगामा रहन्छ’

  • २०७९ कार्तिक २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- कांग्रेस केन्द्रिय सदस्य तथा प्रदेश सभा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार प्रदिपकुमार सुनुवारले गठबन्धन अरुले साेचेजस्ताे कमजाेर नरहेकाे बताएका छन् ।

    चुनाव प्रचार अभियानका क्रममा गृह पालिका खिजिदेम्वा पुगेका उनले गठबन्धन निकै मतान्तरका साथ विजयी हुने र जिल्लाकाे विकासमा स्थानीय सरकारलाई थप मजबुद बनाइने बताए । उनले चुनाव पछि पनि गठबन्धन कस्ताे हुन्छ भन्ने शंका गर्नेहरु तर्फ इ‌गित गर्दै उनले यस्ताे बताएका हुन् ।

    उनले चुनावि सभामा भने ‘तपाइहरु ढुक्क भएर गठबन्धनलाई मतदान गर्नुहाेस् जित्ने पनि सरकार बनाउने पनि गठबन्धनले नै हाे । देशैभर यदि गठबन्धन नभए पनि ओखलढुंगामा हुन्छ गठबन्धन जित्छ पनि ।’

    चुनावी अभियानमा गठबन्धनका उम्मेदवाहरु खिजिदेम्वामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस