२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

गठबन्धनकाे चुनावी सभा लिखुमा, भव्य तयारी

  • २०७९ कार्तिक २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  गठबन्धनकाे चुनावी सभा लिखुमा आयाेजना गरिएकाे छ । पालिकास्तरीय सभाकाे तयारी भइरहेकाे नेकपा एकिकृत समाजवादीका प्रदेश सदस्य अमृत सागरले बताए ।

    सभामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु, जिल्ला तथा पालिकास्तरका गठबन्धनका नेताहरुले सम्बाेधन गर्नेछन् । गठबन्धनका प्रतिनिधि सभाका साझा उम्मेदवार रामहरि खतिवडा, प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार बाबुराम गाैतमले सम्बाेधन गर्ने छन् ।

    त्यस्तै,  समानुपातिक तर्फ संघमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य पेशल खतिवडा समानुपातिक उम्मेदवार चम्पा कार्की, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई लागयतका नेताहरुले सम्बाेधन गर्ने बताइएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस