२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई लिखुमा भव्य स्वागत

  • २०७९ कार्तिक २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेपाली कांग्रेसका  नेता रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

    आज (बुधबार) ओखलढुंगाको लिखु–५ मा आयोजित चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत मागे । उनले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताए । आफू पराजित हुँदा पनि सधैँ ओखलढुंगाको विकासमा निरन्तर साथमा रहेको खतिवडाले बताए ।

    प्रदेश सभातर्फ १ का उम्मेदवार प्रदीप सुनुवारले पनि सत्तागठबन्धनका उम्मेदवारहरूलाई ईमान्दारिताका साथ मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

    उनले कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार ओखलढुंगामा रहेको भन्दै गठबन्धनको भावनाअनुसार सबैलाई मतदान गर्नुपर्ने बताए । प्रदेश सभातर्फ २ मा माओवादीका बाबुराम गौतम उम्मेदवार बनेका छन् । उनीहरू सबैलाई सत्तागठबन्धनको समर्थन छ ।

    प्रतिक्रिया दिनुहोस