२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सुनकाेसीबाट यज्ञराजकाे रामहरिलाई ‘प्रवेश काउन्टर’ !

  • २०७९ कार्तिक २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढु‌ंगा- नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवारले सुनकाेसी गाउँपालिकाकाे च्यानमका कांग्रेस नेता तथा कार्यकर्ता प्रवेश गराएका छन् ।

    उनीसहित प्रदेश सभा सदस्यका उम्मदेवार जिवि खड्का लगायतका नेताहरुले साविक च्यानम गाविसका कांग्रेस नेताहरु प्रवेश गराएका हुन् । अखिलका नेता दिपक फुयलका अनुसार नेपाली कांग्रेस सुनकोशि गाउँ पालिका वडा नं-८ का पूर्व वडा सभापति भुपध्वज कट्वालको नेतृत्वमा कांग्रेस र माओवादी परित्याग गरि ५४ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    कार्यक्रममा एमालेका नेता तथा उम्मेदवारहरुले गठबन्धन सरकारले विकासका याेजना समेत कटाैति गरेकाे भन्दै समृद्ध नेपाल सुखी नेपालीकाे सपना साकार पार्न नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेका छन् ।

    यस अघि कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिध सभाका उम्मेदवार रामहरि खतिवडाले सिद्धिचरण नगरपालिका वडा नं १ र २ का एमालेका कार्यकर्ताहरु प्रवेश गराएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस