२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
मानेभञ्ज्याङ्गबाट यज्ञराजकाे अर्काे काउन्टर

मानेभञ्ज्याङमा संयाै प्रवेश, यज्ञराजलाई भाेट माग्दै कांग्रेस नेता गंगा र कुलबहादुर

  • २०७९ कार्तिक २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  मानेभञ्ज्याङ गाउँपालिकामा एमालेले बृहत चुनावी सभा सम्पन्न गरेकाे छ । सभालाई संघीय प्रतिनिधि सभाका उम्मदेवार यज्ञराज सुनुवार प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार ज्ञानबहादुर खड्का  समानुपाति तर्फका उम्मदेवार किशाेर अधिकारी लगायतका नेताहरुले सम्बाेधन गरे ।

    निर्वाचनकाे दाैरान विपक्षी प्रति आक्रामक देखिएका सुनुवारले प्रतिस्पर्धी उम्मदेवारलाई लक्षित गर्दै ‘आफुले जिल्लाकाे विकासमा सक्दाे काम गरेकाे, अरुले जस्ताे सांसद हुँदा राेलेक्स काण्ड नघटाएकाे, मन्त्रीकाे पीए हुँदा सही किर्ते गरेर जेल नबसेकाे र भूकम्प पीडितसँग पैसा उठाएर राहत बाड्ने नाममा हेलिकाेप्टर नचढेकाे’ भन्दै व्य‌ंग्य गरे ।

    उनले गठबन्धनका उम्मदेवार कांग्रेसका युवा नेता रामहरि खतिवडाप्रति कटाक्ष गरेका हुन् । उनले जिल्लाबासीकाे शिर झुक्ने काम नगरेकाे भन्दै काण्डै काण्डमा मुछिएका बद्नाम व्यक्तिलाई छाडेर एमालेकाे सूर्यमा मतदान गर्न पनि मानेभञ्ज्याङबासीलाई अपिल गरेका छन् ।

    खतिवडाले यसमकाे चुनावी सभामा सुनुवारलाई ‘नामर्द’ काे संज्ञा दिएका थिए । यसकाे काउन्टरमा उनले नेता खतिवडा जाेडिएका ‘काण्ड’ बारे बाेलेका हुन् ।

    यज्ञराजलाई भाेट माग्दै कांग्रेस नेता गंगा र कुलबहादुर

    यसैबीच मानेभञ्ज्याङ गाउँपालिकाका का‌ंग्रेसका पुराना नेताहरु ग‌ंगाबहादुर राई र कुलबहादुर कार्कीसहित सयाैं एमाले प्रवेश गरेका छन् । एमाले नेता विनाेद खत्रीका अनुसार नेपाली कांग्रेस लगायत विभिन्न पार्टीबाट ३ सय कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

    उनीहरुलाई संघीय प्रतिनिधि सभाका उम्मदेवार यज्ञराज सुनुवार प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार ज्ञानबहादुर खड्का  समानुपाति तर्फका उम्मदेवार किशाेर अधिकारी लगायतका नेताहरुले स्वागत गरे । पार्टीमा आउनेलाई उचित जिम्मेवारी दिइने नेताहरुले बताए ।

     

    प्रतिक्रिया दिनुहोस