२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भ्रामक दु्ष्प्रचारकाे विश्वास नगर्न प्रदिप सुनुवारकाे अपिल (विज्ञप्ति सहित)

  • २०७९ कार्तिक २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार प्रदिपकुमार सुनुवारले मतदानकाे समय निजिकिदै गएकाे समयमा आफुविरुद्ध भ्रामक दुष्प्रचार भइरहेकाे भन्दै भ्रममा नपर्न मतदातालाई अपिल गरेका छन् ।

    उनले साेमबार शेर्पा संघका नामबाट जारी गरिएकाे भ्रामक विज्ञप्ति र त्यसका आधारमा प्रचारमा ल्याइएका समाचारकाे विज्ञप्ति मार्फत खण्डन गरेका छन् ।

    उनले आफुमाथि शेर्पा समुदायलाई अपमान हुने अभिव्यक्ति दिएकाे भनेर दुष्प्रचार भएकाे भन्दै त्यस्ता गलत र मतदाता भड्काउने षड्यन्त्र भएकाे भन्दै उनले आप्पति जनाए । लामाे समयदेखि शेर्पा समुदायकाे परम्परा संस्कार र संस्कृतिकाे संरक्षणमा लागेकाे र त्यसप्रति आफु प्रतिबद्ध रहेकाे  विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    साेमबार शेर्पा संघ ओखलढुंगाका नामबाट जारी भएकाे विज्ञप्तिमा सुनुवारले शेर्पा समुदायलाई चाेट पर्ने र जातीय द्वेश फैलाउने अभिव्यक्ति दिएकाे आराेल लगाउँदै विज्ञप्ति जारी गरिएकाे थियाे ।

    हेर्नुहाेस् विज्ञप्ति 

    प्रतिक्रिया दिनुहोस