२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

राप्रपाका महामन्त्री गुरुङ: ‘कांग्रेस एमाले हेरिसक्नुभाे यस पटक मत बदल्नुस्’

  • २०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले यस पटक मत बदल्न जिल्लाबासीलाई अपिल गरेका छन् । सदरमुकाम ओखलढुंगाकाे काेण सभामा उनले भने  ‘कांग्रेस एमाले हेरिसक्नुभाे, उनीहरुले के गरे भन्ने देखिसक्नु भाे यस पटक मत बदल्नुस् ।’

    उनले देशमा भ्रष्टाचार बढेर विकासले गति लिन नसकेकाे कांग्रेस एमालले जितेर जनताकाे मुहारमा खुसी दिन नसकेकाले राप्रपा विकल्प भएकाे पनि बताए । उनले भने, ‘जनप्रतिनिधि चुनेर पठाउने मात्रै हाेइन, उनीहरुले जनताकाे भविश्य सुनिश्चित गर्नु पर्छ । याे हुन सकेन तसर्थ यसपटक मत परिवर्तन गर्नुस् ।’

    भ्रष्टाचारमा अरु दल फसेकाे तर राप्रपाले नागरिककाे करकाे सदुपयाेग गरेर विकास गर्ने भन्दै निर्वाचनमा हलाेमा मतदान गर्न अपिल गरे । उनी रुम्जाटार निवासी हुन्  ।

     

    प्रतिक्रिया दिनुहोस