२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

क्यान महासंघमा नयाँ नेतृत्व

  • २०७९ मंसिर १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- कम्प्युटर एसाेसिएसन नेपाल,  महासंघ (क्यान महासंघ) काे जिल्ला समितिमा नयाँ नेतृत्व चयन भएकाे छ । साेमबार भएकाे अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे हाे ।

    समितिकाे अध्यक्षमा राजेन्द्र कुमार राई दाेस्राे कार्यकालका लागि चुनिएका हुन् । उपाध्यक्षमा हर्कराज कट्वाल,  सचिव  शिव कुमार श्रेष्ठ,  कोषाध्यक्ष धनकाजि श्रेष्ठ र सह सचिव  भिम कुमारी श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुमा पदम परियार, युपेश श्रेष्ठ छन् ।  मनोनित सदस्यमा  धनकुमारी राई र कविराज राई छन् ।

    क्यानमा सुचना प्रविधिसँग अवद्ध कम्प्युटर, विज्ञान एवं सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति, फर्म  र कम्पनी एवं संघ संस्था सदस्य हुन्छन् । यसले उनीहरुकाे  हकहित, सुरक्षा र सुविधा प्राप्त  गर्न पहल तथा अधिकार संरक्षण गराउन पहल गर्ने अध्यक्ष राईले बताए ।

    क्यानकाे देशभरका ७४ जिल्ला शाखा र ७ प्रदेश समितिको रहेको बताइएकाे छ । देशभर कम्प्युटर विज्ञान एवं सुचना तथा संचार प्रविधिको उपयोग, विकास गर्ने तथा त्यस्तो ज्ञान सीप प्रविधि र तालिम प्राप्त एवं प्रदान गर्नको लागि आवश्याक व्यवस्था गर्ने गराउने  उद्देश्य राखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस