२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

दवाव र प्रभावमा नपर्नू: प्रहरी महानिरिक्षक सिंह

  • २०७९ मंसिर १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दवाव र प्रभावबाट मुक्त भएर काम गर्न निर्देशन दिएका छन् । उनले जिल्ला प्रहरी कार्यालयकाे भवन उद्घाटनका क्रममा यस्ताे बताए । महानिरीक्षक सिंहले शान्ति सुरक्षा, अमनचायन कायम गर्ने सन्दर्भमा कुनै खाले सौदाबाजी नगर्न समेत निर्देशन दिए ।

    सर्वसाधरण नागरिकको जीवन सरल, सहज र सुरक्षित बनाउँदै आम नागरिकको भरोसा र विश्वासयोग्य संगठनको रुपमा परिचित भएकाे सिंहले दावी गरे । नागरिकसँगको उचित समन्वय र सम्वन्धबाट मात्रै कानून विपरितका गतिविधि नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने बताउँदै उनले जिल्लामा कार्यरत प्रहरीहरुले पनि आम नागरिकको भावना, चाहना अनुसार काम गर्नु पर्नेमा जाेड दिए ।

    जनताले सुरक्षित महशुस गर्ने गरी व्यवसायिक प्रहरी सेवा प्रदान गर्नुपर्ने  भन्दै आधुनिक भवनबाट सेवा पनि प्रविधिमैत्री, छिटो, छरितो र सरल रुपमा प्रदान गर्न निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस