२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

समाजसेवी गुरुङ द्वयले दिए सरकारी वकील कार्यालयलाई निशुल्क जग्गा

  • २०७९ मंसिर २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- समाजसेवी तथा कम्युनिष्ट नेता सिताराम गुरुङ र लिलाबहादुर गुरुङले सदरमुकाम ओखलढुंगामा रहेकाे  जग्गा उच्च सरकारी वकील कार्यालयलाई उपल्त्ध गराएका छन् ।

    उनीहरुले १ राेपनी जग्गा रजिष्ट्रेशन पास गरेर निशुल्क उपलब्ध गराएका हुन् । साे जग्गा सिद्धिचरण नगरपालिका वडा नं ११ मा रहेकाे छ । जग्गा अभावले भाडामा बस्दै आएकाे कार्यालयले जग्गा पाए पछि भवन निर्माणकाे प्रक्रिया शुरु गर्ने बताइएकाे छ ।

    लाखाैं मूल्यकाे जग्गा सरकारलाई निशुल्क दिएर ठुलाे याेगदान गरेकाे भन्दै समाजसेवी गुरुङ द्वयलाई सरकारी निकाय तथा स्थानीयले प्रशंसा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस