२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

राजु ढुंगेलको ‘जन्म घर’ (भिडियाे सहित)

  • २०७९ मंसिर २९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- पूर्वेली लोक संगीतमा चिर परिचित नाम हो राजु ढुंगेल । लिखु गाउँपालिका १ पोकलीका ढुंगेल हाल अमेरिका छन् । दुई दशकदेखि पूर्वेली लोक संगीतमा दर्जनौ सिर्जना ल्याईसकेका उनको हालै ‘जन्मघर’ गीत सार्वजनिक भएको छ ।

    खासगरि बिहेको बेला पञ्चेबाजा बजाई दमाईहरुले गाउने भाकामा उनले गीत ल्याएका हुन् । उनलाई गीतमा रामकुमार नेपालीले साथ दिएका छन् । ओखलढुंगा, रामेछाप, उदयपुर, खोटाङ जस्ता पूर्वी पहाडमा बिहेको बेला यो भाका गाइने गरिन्छ । दिपक खड्काको शब्द, राजु ढुंगेलको लय संकलन गरेको गीतको एरेन्ज सन्जय श्रीपालले गरेका हुन् ।

    गीतको म्यूजिक भिडियो याम गुरुङले निर्देशन गरेका छन् । भिडियोमा रिना थापा, प्रवेश, आसृका न्यौपाने लगायतले अभिनय गरेका छन् । सुपारी जाइको माला, घर हाम्रो पूर्व तिरै हो, अकबरी सुन जस्ता चर्चित पूर्वेली गीतका सर्जक ढुंगेलले ग्रामीण भेगमा गाइने लयलाई जस्ताको तस्तै संकलन गरि ल्याउने गरेका छन् ।

    लोप हुँदै गएको पञ्चेबाजा र यो भाका बिहेको मौसममा श्रोताहरुले मनपराउने आशा उनले गरेका छन् । जन्मघर गीत भारती पिक्चर्स युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    हेर्नुहाेस् भिडियाे

    प्रतिक्रिया दिनुहोस