२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मालपाेतले गर्याे दातालाई सम्मान

  • २०७९ माघ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मालपाेत कार्यालय ओखलढुंगाले कार्यालयकाे प्रतिक्षालय लगायतलाई आवश्यक भाैतिक समाग्री सहयाेग गर्ने दातालाई सम्मान गरेकाे छ ।

    सेवाग्राहीका लागि निर्माण गरिएकाे प्रतिक्षालयमा फर्निचर व्यवस्थापन गर्ने नेपाल लेखापढी कानुन व्यवसायी एसाेसिएसनका जिल्ला अध्यक्ष विमलादेवी निराैलालाई सम्मान गरिएकाे हाे । निराैलाले १ लाख ५१ हजार बराबरकाे भाैतिक सामग्री व्यवस्थापन गर्नुभएकाे छ ।

    निराैलालाई मालपाेत कार्यालयका प्रमुख निरकुमार ढुंगानाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गर्नुभयाे । उहाँलाई ५१ औं जन्मदिनकाे अवसरमा सम्मान गरिएकाे जानकारी दिनुभयाे ।

    सम्मानित भएपछि निराैलाले सेवाग्राहीकाे हितलाई ध्यानमा राखेर सेवा लिन आउने व्यक्तिका लागि आराम कक्षमा भाैतिक सामग्री व्यवस्थापन गरिएकाे जनाउनुभयाे ।

    मालपाेत कार्यालयले राजश्व दाखिला बैंकबाट मात्रै गरेर क्यासलेस बनाएकाे, सेवाग्राहीलाई झ्यलबाटै सेवा उपलब्ध गराएर छिटाेछरिताे कार्यसम्पादन लगायतका सुधार समेत गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस