२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सुरक्षाकाे माग गर्दै ओखलढुंगाका लघुवित्त बैंकर्सकाे ज्ञापन

  • २०८० अषाढ १४, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा-  लघुवित्त वित्तिय संस्था र लघुवित्तमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षाको माग गर्दै देशभरका लघुवित्त बैंकर्स संघले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेका छन् ।

    यस क्रममा लघुवित्त वित्तिय संस्था कर्मचारी मञ्च समन्वय समिति ओखलढुंगाले समेत सोमबार प्रजिअ प्रदर्शनीकुमारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तिय संस्थाको रुपमा इजाजत दिएका लघुवित्तहरु केही समययता संकटमा छन् । उनीहरुले ज्ञापनपत्रमा केही समयदेखि केही व्यक्ति, राजनीतिक समूहले लघुवित्त विरुद्धको अवैध समूह गठन गरि वित्तिय संस्था जस्तो संवेदनशील क्षेत्रलाई सेवा अवरुद्ध गर्ने सम्मको काम गरेको उल्लेख गरेका छन् ।

    त्यस्ता अवाञ्छित गतिविधि तत्काल सरकारले रोक्नुपर्ने माग उनीहरुको छ । ज्ञापनपत्र बुझाउनका लागि लघुवित्त वित्तिय संस्था कर्मचारी मञ्च समन्वय समिति ओखलढुंगाका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । जिल्लाभित्र रहेका २२ वटा लघुवित्तका प्रतिनिधिले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले उक्त ज्ञापनपत्र  प्नधानमन्त्रीको कार्यालयमा पठाईने बताएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस