२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

नेपाल प्रहरीकाे ट्राफिक सप्ताह शुरु

  • २०८० अषाढ १९, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ओखलढुंगा- जिल्लामा ट्राफिक सप्ताह शुरु भएकाे छ । काेशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सहयाेग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय ओखलढु‌गाकाे व्यवस्थापनमा सप्ताह आयाेजना गरिएकाे हाे ।

    सर्वसाधारण र सवारी चालकहरुका लागि ट्राफिक नियमबारे सचेतना जगाउने र सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले हरेक वर्ष ट्राफिक सप्ताह आयाेजना गर्दै आएकाे छ ।

    यस अवधिमा ट्राफिक नियमबारे सचेतना जगाउने, अनुशासन उलंघन गरेमा कारवाही गर्ने र सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका लागि सहयाेग पुग्ने अपेक्षा लिइएकाे छ । कार्यक्रममा सिद्धिचरणका प्रमुख तेजन खनाल, उप प्रमुख केदारबाबु बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारी कार्यालयका प्रतिनिधि,  विद्यालयका विद्यार्थी, शिक्षक, सुरक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरु सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस