२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

सुनसरी र ओखलढुंगा जिल्ला प्रहरी कार्यालय प्रदेशकै उत्कृष्ट

  • २०८० श्रावण २७, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ओखलढुंगा: कोशी प्रदेश अन्तर्गतका दुई जिल्ला प्रहरी कार्यालयलाई उत्कृष्ट कार्य सम्पादन सम्मान गरिएकाे छ । प्रहरी नायव उपरिक्षक कर्यालय प्रमुख रहने जिल्लामध्ये ओखलढुंगा र प्रदेश भरिबाट सुनसरी जिल्ला प्रहरीकाे काम उत्कृष्ट रहेकाले सम्मान गरेकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा- पत्र प्रदान गरेकाे हाे ।

    आर्थिक बर्ष २०७९/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध्येबाट उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई प्रशंसा- पत्र प्रदान गरिएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

    सर्वोत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.लाई प्रशंसा-पत्र प्रदान गरिएकाे छ ।

    प्रदेश प्रहरी प्रमुख बास्तोलाले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालयहरुलाई बधाई दिँदै आगामी दिनमा समेत प्रशंसनीय कार्य गर्न  अन्य जिल्ला प्रहरी कार्यालयहरुलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस