२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

प्रलेश ओखलढुंगाले ‘धप प्रतिभा पुरस्कार’ प्रदान गर्ने, के हाे धप प्रतिभा पुरस्कार ?

Thumbnail
  • २०८० भाद्र १०, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ओखलढुंगा- प्रगतिशील लेखक संघ ओखलढुङ्गाले धप प्रतिभा पुस्कार प्रदान गर्ने भएकाे छ । जिल्ला शाखा ‌ओखलढुंगाले प्रदान गर्ने उक्त पुरस्कार प्रगतिवादी धारका साहित्यिक सर्जकहरुमध्ये एक जनालाई पुरस्कार प्रदान गर्ने अध्यक्ष सानु काेविदले बताए ।

    नव प्रतिभालाई प्राेत्साहन गर्ने उद्देयले पुरस्कार प्रदान गर्ने गरि तयारी गरेकाे जनाइएकाे छ । पुरस्कार दावी गर्न व्यक्तिगत विवरण सहित ३ वटा कम्तिमा प्रगतिवादी धारका साहित्यिक श्रृजना प्रकाशित प्रतिलिपी सहित भदाै २० गते भित्र आवेदन गर्न सुचना प्रकाशन गरिएकाे सचिव विएन श्रेष्ठले बताए ।

    उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भट्ठपाल राईले असाेज ६ गते प्रदान गर्ने कार्यक्रम रहेकाे छ । याे जिल्लाकै पहिलाे  प्रगतिशील साहित्यिक पुरस्कार  हाे ।

    के हाे ‘धप प्रतिभा पुरस्कार २०८०’  ?

    प्रगतिशील लेखक संघ ओखलढुङ्गाद्वारा वितरण हुने समाजसेवी सिताराम गुरुङले आफ्नो बुबा धनबहादुर र आमा पदमकुमारी गुरुङको नाममा स्थापना गरेकाे ओखलढुङ्गा जिल्लाकै पहिलो प्रगतिशील साहित्यिक पुरस्कार  हाे ।

    ‘धप प्रतिभा पुरस्कार २०८०’ जिल्ला कै साहित्यकार तथा लेखकज्यूमध्ये एकजनालाई प्रदान गरिने छ । याे पुरस्कार आफ्नो प्रगतिशील साहित्यिक रचना तथा पुस्तक वा सम्पादन गरेको पुस्तकसँगै लेखक तथा साहित्यकारको आफ्नो बायोडाटा सहित २०८० भदौ २१ गतेसम्म प्रतिभा छनौट मूल्यांकन समितिका  पदाधिकारीहरुलाई उपलब्ध गराउनु पर्ने छ । समितिमा सानु कोविद, संयोजक, युवराज दाहाल (सदस्य) र दाता सिताराम गुरुङ रहेका छन् । छनौट हुनुभएको एकजना साहित्यकारलाई नगद रु १२ हजार १२ का साथमा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस