२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
एकिकृत समाजवादी बैठक:

उप सचिव र दुई सदस्य मनाेनयन, जागरण अभियानसँगै संगठन विस्तार

  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीकाे  जिल्ला सचिवालय बैठकले रिक्त पदाधिकारी तथा सदस्यहरुमा मनाेनयन गरेकाे छ । जिल्लाकाे सचिवालय बैठकले रिक्त उपसचिव पदमा युवा नेता सुरेश कार्कीलाई मनाेनयन गरेकाे हाे ।

    कार्की युवा संघ नेपालका सचिवालय सदस्य समेत हुन् । त्यस्तै काजी थापालाई सचिवालय सदस्य र एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेकी   ममता ठटाललाई जिल्ला सदस्य मनाेनित गरेकाे जिल्ला कमिटी सचिव कमल खड्काले बताए ।

    पार्टीले असाेज १४ बाट शुरु गर्ने जागरण अभियानमा जिल्लाकाे उपिस्थित र पालिका तहसम्म रहेका कमिटीहरुलाई अध्यावधिक गरेर महाधिवेशनसम्म जिल्लामा पार्टी सदस्य ६ सय बनाउने याेजना पारित गरेकाे खड्काले जानकारी दिए । युवा तथा विद्यार्थीकाे सम्मेलन कात्तिकभित्र गर्ने मंसिरभित्र सबै पालिकामा अभियान पुर्याउने गरि  ईञ्चार्ज, दुई सहईञ्चार्ज र पदाधिकारीहरुकाे जिम्मेवारी ताेकिएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस