२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

भालुखोलाबासीको पीडाः ‘मोवाइल चार्ज गर्न पनि अर्को पालिका धाउनुपर्छ’

  • २०८० आश्विन ९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • सपना गौतम
    मानेभञ्ज्याङ- पालिकाले दुर्गम वस्तीमा विद्युत विस्तारमा चासो दिएको छैन । स्थानीय सरकार र सरोकारवालाको वेवास्ताका कारण गाउँपालिका भित्रका दुर्गम गाउँका बासिन्दा बिजुली बल्ने आशमा बसेको बर्षौं भए पनि उनीहरुको अपेक्षा पुरा हुन सकेको छैन ।

    यस्तै आशामा बसेको गाउँमध्येको Pक गाउँ हो राघपुरको भालुखोला । यहाँ असारमै विजुली बालिलिने जनप्रतिनिधीले आशा देखाएका थिए । निर्वाचनमा भोट माग्दा पनि उनीहरुका नारा गाउँमा बिजुली बाल्ने थियो । तर, अहिले केही काम थालिए पनि अधुरै छाेडिएकाे छ ।

    भालुखोलाका १७ परिवारको दशैंमा बिजुलीले घर उज्यालो बनाउने रहर थियो । तर, त्यो रहर अब पुरा नहुने भएको छ । असारभित्रै यो गाउँमा विजुली बल्ने वडा अध्यक्ष तथा जनप्रतिनिधीहरुले बताएपछि स्थानीय खुसी थिए । अहिले विद्युतका पोल गाउँमा आए पनि तार टाँग्ने र बिजुली विस्तारको काम भएको छैन । गाउँमा विद्युत विस्तार ढिलाइ हुनुमा जनप्रतिनिधीको समेत चासो नभएको स्थानीयको भनाइ छ ।

    गाउँमा विजुली नहुँदा मोबाइल चार्ज गर्न पनि सुनकोसी पालिकाको गाउँमा जानु पर्ने स्थानीय रुपक बास्तोलाले गुनासो गरे । उनले आफ्नो गाउँमा चाँडो बिजुली बाल्न जनप्रतिनिधीले चासो दिनु पर्नेमा जोड दिए ।

    यसबारे जिज्ञासा राख्दा वडा अध्यक्ष भीम मगरले भने असारमै काम सकिनु पर्ने भए पनि विद्युत विस्तारको जिम्मा लिएका व्यक्तिले किन काम नगरेको भनी प्रश्न गर्न सुझाव दिए । वडाले समेत यस क्षेत्रमा विद्युत विस्तारमा चासाे दिएकाे छैन ।

    प्रतिक्रिया दिनुहोस