२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य साझेदारीमा स्थानीय तह तयार

  • २०८० आश्विन १०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य साझेदारीमा ओखलढुंगाका स्थानीय तह सहमत देखिएका छन् । स्थानीय तहले नीति बनाउने, परियोजनाको स्वरुप परिर्वतन गरेर सञ्चालन गर्नेदेखि प्रशिक्षक उत्पादन गरेर दिगोपनामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले आयोजना गरेको पालिकास्तरीय समन्वय बैठकमा परियोजना दिगोपना र निरन्तरणका लागि विभिन्न निणर्यहरु भएका छन् । परियोजनाको प्रभावकारिता हेरे पालिकाहरुले परियोजनाका कामलाई संस्थागत गर्न सहमत देखिएको युएनएफपिए जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिइन् ।

    विभिन्न पालिकाहरुमा भएका छलफलमा पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकीय अधिकृतसहितको बैठकम परियोजना संस्थागत गर्न निणर्य भएको छ । परियोजनाको फेजआउट पछि पनि निरन्तरता दिन सिद्धिचरण नगरपालिका तयार भएको छ । उप प्रमुख केदारबाबु बस्नेतसहितको सरोकारवालाहरुको बैठकमा पालिकास्तरसम्म हिंसा रोकथाम तथा न्यूनिकरणका लागि तालिम दिने तथा परियोजनालाई निरन्तरता दिने निणर्य भएको छ ।

    त्यस्तै चिशंखुगढी गाउँपालिकामा भएको बैठकमा युनएफपिएसँगको साझेदारीमा वडा तथा टोल समेटेर प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र जनचेतना जगाउन पालिकाले भूमिका खेल्ने निणर्य भएको छ । मानेभञ्ज्याङले परियोजनाको स्वरुप फेरेर सञ्चालन गर्ने तथा त्यसका लागि लगत स्टमेट तयार पार्ने सरोकारबालासँगको बैठकमा निणर्य गरेको छ ।

    मोलुङ गाउँपालिकामा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षणको व्यवस्था भएमा पालिकाले समुदायमा जोडीसत्र कार्यक्रम संचालन गर्ने पालिका प्रमुख उत्तम राईले प्रतिबद्धता जनाए । त्यस्तै विद्यालयमा हुने कार्यक्रमहरुलाई शिक्षा शाखाको नियमित कार्यक्रममार्फत लैगिंक रुपान्तरण पद्धतिमा आधारित बनाएर लैजाने उनको भनाइ छ ।

    मानेभञ्ज्याङ गाउँपालिकाले भएकै कार्यक्रमहरुलाई कार्यपालिकाको वैठकमा कसरी रुपान्तरण गरेर अघि लैजाने भनेर छलफल गर्ने बताएको छ । रुपान्तरण सत्र संचालन भएका विद्यालय र नभएका विद्यालयका विद्यार्थीहरुबीच प्रभावकारिता विश्लेषण गरी बाँकी विद्यालयमा आगामी वर्षवाट शुरु गर्न सकिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल राईले वताए । कार्यक्रमको मोडालिटि परिवर्तन गरी संचालन गर्ने, नीति बनाएर अघि बढ्न तयार रहेको पालिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए ।

    सिद्धिचरण नगरपालिकामा जोडी सत्रमा सहभागी भएका जोडिहरुलाई पुनर्ताजगी तालिम दिएर वडाभरी परिचालन गराउन सकिने वडा अध्यक्षहरुले सुझाब दिएका छन् । आगामी आर्थिक वर्षबाट बजेट विनियोजन गरी कसरी काम अघि बढाउन सकिन्छ भनेर छलफल गर्ने उप प्रमुख केदारवावु वस्नेतले बताए ।

    चिसंखुगढी गाउँपालिकामा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई जोडी तालिम सम्वन्धी प्रशिक्षक प्रतिक्षण तालिम माग गर्ने र जोडी तालिम वडा स्तरवाटै संचालन गराउन सहमत भएको छ । परियोजना थप नभएको खण्डमा लैँगक हिंसा रोकथाम तथा प्रति कार्यका लागि संचालन भईरहेका गतिविधिहरुलाई पालिकाको श्रोत अनुसार कार्यक्रमको ढाँचामा परिवर्तन गरी कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष निशान्त शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस