२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

भूकम्प पीडितकाे उद्दार र राहतमा जुट्न लिखु उपाध्यक्ष थापाकाे अपिल

  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले भूकम्प पीडितकाे उद्धार र राहतमा जुट्न अपिल गरेकी छन् । गएराति ११:४७ बजे जाजरकाेट केन्द्र विन्दु भएर गएकाे ६‍.४ रेक्टर स्केलकाे भूकम्पमा परेर नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह सहित  ७० जनाभन्दा बढीकाे मृत्यु र २०० बढी घाइते भएका छन् ।

    पीडितहरुकाे उद्धार उपचार र राहतमा जुट्न उपाध्यक्ष थापाले सरकार तथा सराेकारवाला निकायसँग माग गरेकी छिन् । उनले भूकम्पमा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदन पनि व्यक्त गरेकी छिन् ।

    सरकारले पीडितहरुकाे उद्धार उपचार र राहतका लागि जुट्न निर्देशन दिइसकेकाे छ भने प्रधानमन्त्री प्रचण्ड क्षतिग्रस्त ठाउँमा जाने तयारी रहेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस