२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

नायक तेज गिरीलाई सिल्भर मेडल

  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०” को ६८ के.जि. तौल समुहमा रजत पदक(Silver Medal) जितेका छन् ।

    नायक गिरीले बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न भएकाे प्रतियोगितामा देशभर बाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागिता रहेको थियो ।

    पहिलाे पटक सहभागिता जनाउँदा नै गिरीले दाेस्राे स्थान हासिल गरेका हुन् । उनले पदक जितेपछि नागरिक मिडियासँग भने ‘यो प्रतियोगितामा  मैले पहिलो पटक सहभागिता जनएको हो । पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा अतेन्तै खुशी लागेको छ ।’

    गिरी  अभिनित उपहार चलचित्रको पहिलो गीत हिजो ओएसआर युट्यूब च्यानलबाट रिलिज भएको थियो । गीतले राम्रो चर्चा बटुलिरहेको छ । उपहार चलचित्र आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ।

    प्रतिक्रिया दिनुहोस